शिवराजको विकास छुटै शैलिको हुने छः मेयरपदका उमेद्धार पोख्रेल

२०७९ बैशाख २३ गते, शुक्रबार

कपिलवस्तु । नजिकिदै गरेको स्थानिय तहको निवार्चनलाई लक्षित गरी नेताहरु जनताको घर घरमा पुग्ने गरेका छन । मतदाता भेटघाट कार्यक्रममा शिवराजको विकास फरक शैलिको हुनेमा ढुक्क हुन मेयरपदका उमेद्धार पोख्रेलले नगरवासिलाई आग्रह गरेका छन् । उनले हामि गर्छै भन्ने प्रतिवद्धताका साथ आएका छौं, हामिलाई जिताउनुहोस उनले भने । दिन प्रतिदिन रुपामा नजिकिएको निर्वाचनलाई केन्द्रमा राखेर नेताहरु जितको माहेल बनाउदै छन ।

आज शिवराज नगरपालिका वाड नं. १ मा उमेद्धारहरु सहित जिल्ला तह देखि स्थानिय नेता कार्यकर्ताहरुको उत्साहपुर्ण सहभागितामा घरदैलो गरेका छन । वडा न.१ का वडा अध्यक्ष पदका उमेद्धार खिम बिक्रम के सि वडा सदस्यहरु सहित बेलौति, बनकट्टा, लगायतका टोलका घरमा पुगेर आपना भावि योजना सुनाउदै मत माग्दै गरेका छन ।

देशकै पहिलो राजनितिक शक्तिको रुपमा रहेको नेकपा एमलेका नेताहरु पनि घरदैलो अभियानमा व्यस्त छन । शिवराज नगरपालिका नगर प्रमुख पदका उमेद्धार महादेब पोख्रेल, उपमेयर पदका उमेद्धार शिकुमारी थारु, वडा अध्यक्ष पदका दाबेदारहरु सहित सदस्यहरु घरदैलोमा व्यस्त छन ।

शिवराज नगरपालिकामा प्रमुख उप प्रमुख सहित वडाहरुमा पनि प्यानलनै बिजय गराउने गरि चुनावि मैदानमा एमाले शिवराज लागेको छ । आसन्न स्थानीय तहको निर्वाचमा एमाले उम्मेदवार विजयी गराउन नगर देखि वडा सम्म एमालेमय बनेको छ । शिवराज नगरपालिका सबै वडामा बलियो खम्बाको रुपमा एमाले अगाडि आएको छ ।

219 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal