बुड्ढी डि–बलक लालपुर्जा नवाड्ने जनप्रतिनिधिले सजाय पाउछन्

२०७९ बैशाख २३ गते, शुक्रबार

कपिलवस्तु । सुकुम्वासी र भुमिहिनलाई लालपुर्जा दिने आश्वासन दिएको बुद्धभूमिका मेयर र नगरप्रवक्ता पवन चौधरीले डि–बलक जग्गाको लालपुर्जा दिन कुनै पहल नगरेको आरोप लागेको छ । नापी भएको वर्षौ वित्दा समेत बुद्धभूमि नगरपालिका वडा नम्बर ४ मा डि–बलक जग्गाको लालपुर्जा वितरण गर्न कुनै चासो नदिएको स्थानीयको दावि रहेको छ ।

बुद्धभूमिका मेयर र वडा नम्बर ४ का अध्यक्ष तथा नगरप्रवक्ताले स्थानीयमा समस्या प्रति कुनै चासो नदिएको बताइएको छ । एमालेको तर्फ बाट वडा नम्बर ४ वडा अध्यक्षका उम्मेदवार सुशिल चौधरीले नेपाली काँग्रेसले जिते पछि जनतालाई बेवास्था गरेको कारणले लालपुर्जा वितरणमा चासो नदिएको बताउनु भयो । चौधरीले भन्नु भयो अरु वडामा लालपुर्जा पाए तर नगरपालिकाको केन्द्र रहेको बडा नम्बर ४ ले अहिले सम्म पाएका छैनन् ।

अव मेरो कार्यकालमा पुर्जा बाड्ने काम सुरु हुन्छ । वडा नम्वर ४ मा जनप्रतिनिधिले पहल नगर्दा लालपुर्जा नपाए पनि बुद्धभूमि २ मा भने ३ वर्ष अगाडी डि–बलकको जग्गा वितरण सम्पन्न भएको छ । केही छुट भएका र विवाद भएका समेत समाधान गरि प्रकृया अगाडी बढेको बुद्धभूमि नगरपालिका वडा नम्बर १ का अध्यक्ष भेषराज शर्मा खनालले बताउनु भयो ।

209 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal