शिबराजको राजनीति र महादेब पोखरेलको संभावना

२०७९ बैशाख २४ गते, शनिबार

कपिलवस्तु । स्थानीय निर्वाचन बैशाख ३० नजिकिदै गर्दा नेपालभरी नै निर्वाचनको रौनक ह्वात्तै बढेको छ । कपिलवस्तु जिल्लाको शिबराज नगरपालिकामा पनि चुनाबी माहोल तातेको छ । शिबराज नगरपालिकामा नेकपा एमालेबाट महादेव पोखरेल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फ बाट रबिदत्त मिश्र को कडा प्रतिस्पर्धा रहने देखिन्छ । शिबराजमा राप्रपा, कांग्रेस को भने जित सङ प्रतिस्पर्धा नै नभएको शिबराजवासी हरु बताउछन् ।

शिबराज नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नेपालको गठबन्धन छ तर गठवन्धन ले निर्वाचन जिताउने आशा भने देखिदैन । अघिल्लो निर्वाचन २०७४ मा नेकपा एमाले पहिलो र तात्कालिक संघीय समाजवादी पार्टी नेपाल दोस्रो रहेको शिबराज मा भारी मतान्तर सहित तेस्रो पार्टी बनेको थियो । कांग्रेस युवा नेता र युवामाझ लोकप्रिय नेता अजय थापा राप्रपा प्रवेश पछि कांग्रेस शिबराजलाई आफ्नो तेस्रो पदको बिरासत जोगाउन समेत मुस्किल परेको छ ।

यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता रबिदत्त मिश्र भने निर्वाचन जित्ने उदेश्यका साथ घरदैलोमा ब्यस्त देखिन्छन । एमालेका तर्फबाट उम्मेदवार बनेका महादेब पोखरेलले पनि युवा परिचालन, घरदैलो कार्यक्रम गरि निर्वाचन जित्ने ढुक्क भएको बताउछन ।

०७४ सालमा पहिलो र दोस्रो बनेका पार्टी नेकपा एमाले र लोसपा दुबै ०७८ सालमा पार्टी फुटेर बनेका पार्टी हुन । नेकपा एमालेलाई एकीकृत समाजवादी पार्टी नेपालले केही भोट असर गरेता पनि शिबराजमा महादेव पोख्रेलको लोकप्रियता ले महादेव पोखरेल क्लोज टु कन्फर्म नै भै सकेका छन । उता लोसपा का रबिदत्त मिश्र को पनि जसपाका उम्मेदवार हरुले भोट घटाइदिने देखिन्छ । नेकपा एमाले शिबराजको भने एकीकृत समाजवादी ले जति भोट घटाए पनि ०७४ सालमा आएको मतान्तर बराबर काट्न नसक्ने दाबी छ । ०७४ सालमा जित हासिल गरेको शिबराजमा नेकपा एमालेले आफ्नो लोकप्रिय उम्मेदवार महादेब पोखरेल छनोट गरे सङै जितको संभावना पनि प्रबल रहेको छ ।

558 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal