कृष्णनगरमा एमालेको बृहत चुनाबि सभा (फोटो फिचर)

कपिलवस्तु । नेकपा एमाले कृष्णनगर नगर कमिटिको आयोजनामा कृष्णनगरमा बृहत चुनाबि सभा तथा र्यालि भएको छ ।


नेकपा एमालेको नेत्री तथा चर्चित अभिनेत्री करिस्मा मानन्धर र सांसद तथा एमाले नेत्री गंगा चौधरीको विशेष उपस्थितिमा कोण सभा तथा र्यालि भएके थियो । चुनाबिमा हजारौको संख्यामा नागरीकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरका मेयर पदका प्रत्याशि उमेद्धार कुनाल प्रताप शाहले जति षणयन्त्र गरे पनि एमाले बिजय हुने दाबि गर्नुभएको छ ।

आपनो नगरलाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ । भित्रि बस्तिहरुमा पनि समान विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी अभिनेत्री करिस्मा मानन्धरले देशलाई समृद्धि तुल्याउन सुर्यमा मतदान गर्न आगव्रह गर्नुभयो । देश विकास गर्नसक्ने शक्ति भएको पार्टि नै एमाले भएकोले सबैलाई एमालेमा गोलबद्ध हुन आग्रह पनि गर्नुभयो ।

३० गते हुने चुनावमा ७ ठाउँमा सुर्यमा छाप लगाएर आफुबाटै देश निमार्णमा कदम चाल्न पनि शाहले आग्रह गर्नुभयो ।
यसैगरी सांसद गंगा चौधरीले केपि ओलि सरकारको पालामा धेरै नमुनायोग्य काम गरेको बताउदै अन्य राजनितिक दल भनेका देशलाई विकास भन्दा पनि विनास गर्ने काम बढि गर्ने गरेको आरोप लगाउनुभयो । केन्द्र, प्रदेश, जिल्ला तहदेखि नगर कमिटि सम्मका थुप्रै नेताहरुको उपस्थिती रहेको कार्यक्रम कृष्णनगर नगर कमिटि अध्यक्ष सन्दिप मौर्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
