शिबराजलाई देशकै अब्बल नगर बनाउछु: महादेब पोखरेल

२०७९ बैशाख २५ गते, आईतवार

राम अवतार चौधरी, कपिलवस्तु । महादेव पोख्रेल एक सामान्य किसान परिवारमा जन्मिएका मध्ये एक माइला छोरा हुन् । उनको वि।स। २०३६ माघ १ गते बुवा रुद्धभक्त पोख्रेल र आमा देवका पोख्रेलको कोखबाट पाल्पामा जन्म भएको थियो । उनले एस।एल।सी सम्म अध्ययन गरेका छन् । ४ बर्षको उमेरमा तराईमा आई अध्ययनसँगै व्यवसायमा अग्रसर भई विगत डेढ दशकदेखि कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटामा बसोबास गर्दै सामाजिक तथा राजनैतिक गतिविधिमा सक्रिया हुँदै आएका छन् । पोख्रेलले शिवराज नगरपालिकालाई आत्मनिर्भर गराउँदै समृद्ध तथा देशकै अब्बल नगर बनाउने ठोस योजनाले एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिएका छन् ।

जितको आधार के हो ?

➡️ मेरो जित सुनिश्चित छ । विगत १५ बर्षदेखि निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुमा आबद्ध भई सामाजिक रुपमा हरेक क्षेत्रमा गरेको कार्य अनुभवले म विजेता हुनेमा
निर्धक्क छु । म सामान्य परिवारमा हुर्केको एक किसानको छोरा कृृषि क्षेत्र हूँदै पछिल्लो समय ७ बर्ष यता व्यापार गर्दै सामाजिक क्रियालापमा सक्रिय भूमिका निर्वाह गरेको छु ।

खासगरी स्थानियस्तरमा रहेका चित परिचित आम नागरिकलाई जस्तोसुकै परिस्थितिमा विपन्न गरिब, धनी लगायत हरेक वर्गका परिवारलाई साथ समर्थन गरी समुदायस्तरका कुनै पनि तहमा रहेका जनसमुदायमा
पुगेको छु । यसभन्दा पहिला एमालेको सरकार हुँदा अगाडि बढि कृषि, शिक्षासहित विकास निर्माणका थुप्रै योजनाहरु यस क्षेत्रमा ल्याई समाजमा योगदान पुर्याएकोले मेरो जितको आधार बलियो छ ।

जितपछिको योजना के छ ?
➡️ मैले जिति सकेपछि शिक्षा, स्वास्थ्य, यातायात, कृषि र युवाहरुलाई रोजगारका लागि कसरी अगाडि बढाउनु पर्छ भन्ने कुराहरु घोषणपत्रमा जारी गरेको छु । शिक्षामा
१२ कक्षा सम्म निःशुल्क शिक्षा भन्नुको अर्थ यो होइन सामान्य परीक्षमा पनि फि लिने । यस्तो होइन जिरो कुनै पनि शुल्क लाग्ने छैन र अति विपन्न परिवारका जनताहरुको शिक्षा सम्म पहँुच पु्याउने लक्ष्य राखेको छु ।

स्थानियस्तरमा रहेको धार्मिक तथा पर्यटकीय स्थलहरु पोखरी, ताल तलैया, मठमन्दिर, मस्जिदको संरक्षण तथा प्रबद्र्धन गरी सुन्दरीकरण गर्नुका साथै पर्यटकहरुको आकषर्ण बढाई रोजगारीको अवसर प्रदान गर्दै आत्मनिर्भर बनाउन कटिबद्ध भएर लाग्ने छु । कृषि क्षेत्रको मुटु मानिएको तर सिँचाई नहुने स्थानमा बोरिङ व्यवस्थापन गरी शिवराज लगायत सिंगो कपिलवस्तुलाई नै कृषिमा नमुना बनाउने र त्यसैगरी हरेक बर्ष खेतिपातिका सिजनमा अभाव हुने रासायनिक मलको व्यवस्थापनसहित चन्दौटा बजारमा बसपार्कलाई मध्यनजर गर्दै सम्बन्धित निकायका विज्ञहरुको सल्लाहले मास्टर प्लानका साथ नगरलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्दछु ।

जुन हामीले स्वास्थ्यका कुरा गछौँ ५० सैयका अस्पतालका कुरा यस्तै प्रत्येक वडामा राम्रो स्वाथ्य चौकीमा गुणस्तरिय व्यवस्थान गर्नका लागि मेरो उम्मेदवारी हो । युवाहरुलाई यस क्षेत्रमा रहेका उद्योगहरुमा साझेदारी भएर स्थानियस्तरमा रहेका बुट्टयान र फलपूलका खेतिहरु गर्न सकिने योजनाहरु छन् । जितपछि ५ बर्ष समयाधिमा शिवराज नगरपालिकालाई देशकै अब्बल नगर बनाउनका लागि मेरा एजेण्डाहरु छन् र त्यसलाई पूरा गर्नेछु ।

तपाईलाई भोट किन ?
➡️ समुदायका हरेक जातजाति, भाषाभाषी, लिंग, धर्म, संस्कृति तथा सबै क्षेत्रका समस्यालाई समाधान गर्ने लगायत कुनै पनि वर्गका आम नागरिकलाई समावेश
गरेर अगाडि बढाउने सहास हुनुका साथ साथै लामो समयको मेरो अनुभवसहित मेरो मिलानसार भावना र निस्पक्षता व्यवहारले आदरणीय जनसमु्दायले सेवा गर्न अवसर प्रदान गर्नहुने छ भन्दै अत्याधिक मत दिनेमा म विश्वास्ता छु ।

४ प्रमुख प्राथमिकताका क्षेत्रहरु के हुन् ?
➡️ यस क्षेत्रका युवाहरुलाई लाक्षित गरी उद्योगहरुमा रोजगारीका अवसर सिर्जना गर्दै कृषि, शिक्षा, स्वास्थ्य, यातायात र खासगरी स्थानिय सञ्चार माध्यमलाई प्रमोट गर्नेछु । त्यसैगरी स्वाच्छ खानेपानीको उचित व्यवस्थापन गरि निःशल्क वितरण लगायत वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई प्रोत्सहन दिँदै प्राविधिक र उत्पादनमूलक कृषि पेशालाई सौलियत दरका ऋण उपलब्ध गराउन सम्बन्धित निकायसँग पहल गर्ने वाचा गरेको छु ।

110 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal