कृष्णनगरको विकासको जिम्मा एमालेकोः मेयरका उमेद्धार कुनाल प्रताप शाह

२०७९ बैशाख २५ गते, आईतवार

सुमन पौडेल, कपिलवस्तु । नेकपा एमाले कृणनगर नगर कमिटिको आयोजनामा कृणनगरको गोघरमा बृहत कोण सभा सम्पन भएको छ । नेकपा एमालेको नेत्री तथा चर्चित अभिनेत्री करिस्मा मानन्धर र सांसद तथा एमाले नत्रि गंगा चौधरीको विशेष उपस्थितिमा कोण सभा भएको थियो । कोण सभामा सयौको संख्यामा नागिरकहरुको उपस्थिती रहेको थियो ।

मेयर पदका उमेद्धार कुनाल प्रताप शाहले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ । भित्रि बस्तिहरुमा पनि समान विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कुनाल प्रताप शाहले जति षणयन्त्र गरे पनि एमाले बिजय हुने दाबि गर्नुभएको छ । आपनो नगरलाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो ।

खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विगतको ५ बर्षमा यस नगरपालिकालाई धेरै बजेट आए पनि यस क्षेत्रको विकास भने सुन्य रहेको समेत बताउनु भएको छ । कृणनगर नगरपालिकामा अहिले सम्म पनि यहाँका जनताहरुले स्वच्छ खानेपानी समेत खान पाएका छैन् । अबल र राम्रो नेतृत्व हुन नसक्दा कृणनगर नगरपालिका विकासको क्षेत्रमा पछि परेको र यहाँका जनताले दुःख पाउनु परेको बताउनु भएको छ । उहाँले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ ।

भित्रि बस्तिहरुमा पनि समान विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कुनाल प्रताप शाहले देशलाई समृद्धि तुल्याउन सुर्यमा मतदान गर्न आगव्रह गर्नुभयो । देश विकास गर्नसक्ने शक्ति भएको पार्टि नै एमाले भएकोले सबैलाई एमालेमा गोलबद्ध हुन आग्रह पनि गर्नुभयो । ३० गते हुने चुनावमा ७ ठाउँमा सुर्यमा छाप लगाएर आफुबाटै देश निमार्णमा कदम चाल्न पनि शाहले आग्रह गर्नुभयो ।

यसैगरी सांसद गंगा चौधरीले केपि ओलि सरकारको पालामा धेरै नमुनायोग्य काम गरेको बताउदै अन्य राजनितिक दल भनेका देशलाई विकास भन्दा पनि विनास गर्ने काम बढि गर्ने गरेको आरोप लगाउनुभयो । केन्द्र, प्रदेश, जिल्ला तहदेखि नगर कमिटि सम्मका थुप्रै नेताहरुको उपस्थिती रहेको कार्यक्रम कृष्णनगर नगर कमिटि अध्यक्ष सन्दिप मौर्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

375 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal