शाह परिवारको गरिमा जोगाउन राजनितिमा आएको छु, कसै सँग पनि बिक्ने वाला छैन: कुनाल प्रताप शाह

कृष्णनगर । चर्चित युवा नेता तथा नेकपा एमाले कृष्णनगर नगरपालिका मेयर पदका उम्मेदवार कुनाल प्रताप शाहले शाह परिवारको गरिमा जोगाउन राजनितिमा आएको बताउनु भएको छ ।
आफु जितको नजिक पुग्दै गर्दा विपक्षीले पत्रकारलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाउन खोजेको बताउँदै आफु कसै सँग पनि नविक्ने बताउनु भयो । शाह परिवारका बुद्दिजीवि र स्थानीय जनताको समर्थनले गर्दा आफुले उमेदवारी दिएको कुनालले बताउनुभयो ।
‘ भ्रष्टा«चार र अनियमितामा डुवे पछि शाह परिवारको बदनाम भएको बताउँदै शाह परिवारको ईज्जत जोगाउन आफ्नो उम्मेदवारी दिएको छु । हजुर बुवा डा। रुद्र प्रताप शाहको आशिर्वाद र उहाँको चाहना भ्रष्टा«चार मुक्त गरी कृष्णनगरको विकास गर्ने रहेको छ । ’ कुनालले बताउनु भयो ।
आफु जिते पछि ‘ म भ्रष्ट्राचार गर्दिन र गर्न दिन्न’ भन्ने अभियान सञ्चालन गर्ने बताउनु भयो । पछिल्लो ५ वर्षमा कृष्णनगर नगरपालिकामा करोडौँको बेरुजु देखिएकोले नगरपालिका भ्रष्ट्राचारको अखडा बनेको कुनालले बताउनु भयो । आफु उम्मेदवार भए पछि नगरपालिका भित्रका उद्योगीले समेत सर्मथन गरेको र जनप्रतिनिधिले चन्दा आतंक र उद्योगी धम्काउने जस्ता कार्य गर्ने गरेको हुँदा त्यसको अन्त्य गर्ने प्रतिवद्धता गरेको समेत बताउनु भयो ।