कृष्णनगरमा एमालेको दाबीः प्रतिस्पर्धा हैन, जितको औपचारिकता का लागि मात्रै निर्वाचन

२०७९ बैशाख २६ गते, सोमबार

सुमन पौडेल, कपिलवस्तु । नेकपा एमालेका नेता तथा कार्यकर्ताले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तु जिल्लाको कृष्णनगरमा एमालेको जीत सुनिश्चित भइसकेको उद्घोष गर्दै औपचारिक घोषणा हुन मात्रै पर्खनु परेको दावी गरेका छन् । नेकपा एमाले कृष्णनगर नगरकमिटीको आयोजनामा घरदैलो कार्यक्रम गरिएको छ । सयौंको संख्यामा उपस्थित रहेको घरदैलो कार्यक्रम शुरु भएको कार्यक्रम वडाका मुख्य मुख्य चोकहरुमा र्याली निकालिएको थियो । विगतमा एमालेले गरेको विकास र समृद्धि नै वर्तमानमा एमालेको जीतको आधार भएकाले सबै पदमा एमालेको जीतका लागि कुनै प्रतिष्पर्धा नै नभएको सहभागिहरुले दावी गरे ।

नगरपालिका क्षेत्रमा प्रतिष्पर्धाको लागि एमाले चुनावमा होमिएको नभई जीतको औपचारिक घोषणा हुनको लागि मात्र निर्वाचनमा होमिएको बताए । यता भने मेयर पदका उमेद्धार कुनाल प्रताप शाहले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ । भित्रि बस्तिहरुमा पनि समान विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कुनाल प्रताप शाहले जति षणयन्त्र गरे पनि एमाले बिजय हुने दाबि गर्नुभएको छ । आपनो नगरलाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा एमालेले गरेका विकास निर्माणका कार्यहरुलाई नाराको रुपमा प्रस्तुत गर्दै अबको नेतृत्व एमालेले गर्दै आफ्नो क्षेत्रलाई नमुना बनाउने नेताहरुले प्रतिवद्धता जनाए । उद्घोष गर्दै औपचारिक घोषणा हुन मात्रै पर्खनु परेको दावी गरेका छन् ।

नेकपा एमाले कृष्णनगर नगरकमिटीको आयोजनामा घरदैलो कार्यक्रम गरिएको छ । सयौंको संख्यामा उपस्थित रहेको घरदैलो कार्यक्रम शुरु भएको कार्यक्रम वडाका मुख्य मुख्य चोकहरुमा र्याली निकालिएको थियो । विगतमा एमालेले गरेको विकास र समृद्धि नै वर्तमानमा एमालेको जीतको आधार भएकाले सबै पदमा एमालेको जीतका लागि कुनै प्रतिष्पर्धा नै नभएको सहभागिहरुले दावी गरे । नगरपालिका क्षेत्रमा प्रतिष्पर्धाको लागि एमाले चुनावमा होमिएको नभई जीतको औपचारिक घोषणा हुनको लागि मात्र निर्वाचनमा होमिएको बताए ।

कार्यक्रममा एमालेले गरेका विकास निर्माणका कार्यहरुलाई नाराको रुपमा प्रस्तुत गर्दै अबको नेतृत्व एमालेले गर्दै आफ्नो क्षेत्रलाई नमुना बनाउने नेताहरुले प्रतिवद्धता जनाए ।

176 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal