निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ: अध्यक्ष दाहाल

२०७९ बैशाख २६ गते, सोमबार

काठमाडौँ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई आफूहरूले अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएको बताएका छन् ।

आज एक सन्देश जारी गर्दै अध्यक्ष दाहालले भनेका छन्, “यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकारसम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौँ ।”

उनले आसन्न स्थानीय तह निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal