सफा सुन्दर र भ्रष्टाचार मुक्त बनाउने कृष्णनगरबासी को सपना पूरा गर्ने छु: कुनाल प्रताप शाह

कृष्णनगर । कृष्णनगरका चर्चित युवा नेता तथा नेकपा एमाले कृष्णनगर नगरपालिका मेयर पदका उम्मेदवार कुनाल प्रताप शाहले कृष्णनगरको अस्तित्व जोगाउन राजनितिमा आएको बताउनु भएको छ । कृष्णनगरवासि हरुको अनुरोधमा आफुले उम्मेद्धारि दिएको बताउदै नगरवासि हरुको साथ र सहयोगले निर्वाचन जित्ने समेत दाबि गर्नु भयो । आफना हजुरबुवा डा रुद्र प्रताप शाहको सपना पुरा गर्न र स्थानीय जनताको समर्थनले गर्दा आफुले उमेदवारी दिएको कुनालले बताउनुभयो ।
‘ भ्रष्टाचार र अनियमितामा डुवे पछि शाह परिवारको बदनाम भएको बताउँदै शाह परिवारको ईज्जत जोगाउन आफ्नो उम्मेदवारी दिएको छु । हजुर बुवा डा रुद्र प्रताप शाहको आशिर्वाद र उहाँको चाहना भ्रष्टाचार मुक्त गरी कृष्णनगरको विकास गर्ने रहेको छ । ’ कुनालले बताउनु भयो । विगत पाच वर्षमा कांग्रेसले भ्रष्टा«चार बाहेक अरु केहि नगरेको बताउदै शाहले आफुले जिते नगरपालिकामा मुख्य रुपमा रहेको भ्रष्टा«चारको समस्याको समाधान गर्ने बताउनु भयो ।
हजुरबुबाको भ्रष्टा«चार मुक्त कृष्णनगर बनाउने सपना पुरा गर्र्ने, समृद्ध कृष्णनगर, बृहत् कृष्णनगर र समुन्नत कृष्णनगर बनाउने सपना पुरा गर्र्ने उदेश्यका साथ आफुले उम्मेद्धारि दिएको बताउनु भयो ।
आफु जिते पछि ‘ म भ्रष्ट्राचार गर्दिन र गर्न दिन्न’ भन्ने अभियान सञ्चालन गर्ने बताउनु भयो । पछिल्लो ५ वर्षमा कृष्णनगर नगरपालिकामा करोडौँको बेरुजु देखिएकोले नगरपालिका भ्रष्ट्राचारको अखडा बनेको कुनालले बताउनु भयो । आफु उम्मेदवार भए पछि नगरपालिका भित्रका उद्योगीले समेत सर्मथन गरेको र जनप्रतिनिधिले चन्दा आतंक र उद्योगी धम्काउने जस्ता कार्य गर्ने गरेको हुँदा त्यसको अन्त्य गर्ने प्रतिवद्धता गरेको समेत बताउनु भयो ।
“कृष्णनगर बासी हरु को प्रत्येक नेपाली को मुहार खुसीयालि देखन उज्ज्वल भबिस्य लागि, बाल बच्चा हरुको भबिस्य, साथै खाने पानी स्वास्थ शिक्षा को ग्यारेन्टी को लागि मेरो उम्मेदवारी हो । यस्को लागि सुर्य चिन्ह मा मतदान गर्नु हुन सबै कृष्णनगरवासी हरुमा हार्दिक अनुरोध गर्दछु ।” उहाले भन्नू भयो
फोहोर गल्ली लाई सफा गर्ने, भ्रष्टचार मुक्त कृष्णनगर बनाउने, नेपाल भारत सिमाना मा व्यवस्थित गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । जनता लाई छिटो सजिलो सुलभ तरिकाले जनता का लाई तदारुकता का साथ गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कुनाल प्रताप शाहले जति षणयन्त्र गरे पनि एमाले बिजय हुने दाबि गर्नुभएको छ । आपनो नगरलाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आफु जितको नजिक पुग्दै गर्दा विपक्षीले पत्रकारलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाउन खोजेको बताउँदै आफु कसै सँग पनि नविक्ने बताउनु भयो ।
विगतका दिनमा विना योजना अनुसार काम गर्दा नागरिकको जीवन स्तरमा कुनै परिवर्तन नभएकोले आगामी दिनमा कृष्णनगरको चौतर्फी विकासको लागि कुनाल प्रताप शाहबाट नै सम्भव रहेको मतदाताहरुले बताएका छन् । शाहले चुनावी प्रचारप्रसारलाई तिब्रता दिदै घोषणापत्र अनुसार काम गर्ने मतदाताहरु संग प्रतिबद्धता गरिरहेका छन् । शाह जनताको लोकप्रिय नेता भएकोले उनि संगै कृष्णनगरबासी लगाएत उम्मेदवारमा रहेका प्रभावशाली व्यक्तिहरु उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको साथ सहयोग रहेकोेले चुनाव जित्ने निश्चिति नै रहेको आकालन गरिरहेका छन् ।
बुवा र स्र्वगिय हजुरबुबाको लोकप्रियता, जनता माझ लोकप्रिय युवा नेता, भिजन र योग्यताले सक्षम रहेका नेता शाहको मेयरमा जितको निश्चित छ । कृष्णनगर नगरपालिमा विगतमा भएका कमि कमजोरीहरुलाई सुधारदै जाने र नगरवासीहरुको सदैव हितका निम्ति काम गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।
समुदायका हरेक जातजाति, भाषाभाषी, लिंग, धर्म, संस्कृति तथा सबै क्षेत्रका समस्यालाई समाधान गर्ने लगायत कुनै पनि वर्गका आम नागरिकलाई समावेश
गरेर अगाडि बढाउने सहास हुनुका साथ साथै लामो समयको मेरो अनुभवसहित मेरो मिलनसार भावना र निस्पक्षता व्यवहारले आदरणीय जनसमु्दायले सेवा गर्न अवसर प्रदान गर्नहुने छ भन्दै अत्याधिक मत दिनेमा म विश्ववस्त छु ।