नबनिर्वाचित वडा अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं ३ का नव निर्वाचित वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) ले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । राष्ट्रिय पोषाकमा आज नेता आचार्यले पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमाले बाट उम्मेदवारी दिई नेपाली कांग्रेसका उम्मेदवार लाई ३१ मतान्तरले पराजित गर्नु भएका आचार्यले सहित नेकपा एमाले बाट उम्मेदवारी दिई वडा सदस्य निर्वाचित मिना थारुले थारु संस्कृति झल्किने पोशाकमा पदभार ग्रहण तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।
वडा कार्यालयमा पदभार ग्रहण गर्दै ४ जना पुर्ण अशक्त राधेश्याम थारु सन्जय कुमार थारु , पुष्पा थारु र सुदिप थारुको परिवारलाई प्रती परिवार १ लाखको स्वास्थ्य बिमा हस्तान्तरण गर्नुभएको छ । साथै वडामा रहेका सबै नागरिकलाई स्वास्थ्य बिमा मार्फत निशुल्क उपचारका लागि पहल गर्ने घोषणा गर्नुभयो ।
पदभार ग्रहण गर्दै आचार्यले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले दोस्रो कार्यकालका लागि आफुलाई निर्वाचित गराएकोमा बुद्धभुमी तीन वासिलाई धन्यवाद दिदै आफू सधै जनताको पक्षमा रहने र जनताको सेवक भएर काम गर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो “मैले यो वा त्यो राजनीतिक दलको ब्यक्ती वा समुदाय हेरेर काम गर्दैन, सम्पुर्ण वडा वासिलाई समान आखाले हेर्छु र समान रुपमा सुझाब लिइ योजना बनाउछु ।”
त्यस्तै अर्को महत्वपुर्ण पक्ष अपांगता भएका व्यक्ति, दलित, महिला, गर्भवती महिला, अशक्त, जनजाती, थारु समुदाय सम्पुर्णलाई समावेश गर्दै लक्षित वर्गका विभिन्न कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी रनगाई ताललाई अझै राम्रो बनाउने र पर्यटकिय संभावना बोकेका क्षेत्रलाई बिषेश प्राथमिकतामा राख्ने र वडामा युवाहरुका लागि नगर स्तरिय खेलकुद रङशाला निर्माण गर्ने बताउदै मौसमी तथा बेमौसमी तरकारीका लागि पकेट क्षेत्रको विकास गर्ने बताउनुभयो ।
त्यस्तै विपद ब्यबस्थापनमा ध्यान दिने, शवदह निर्माणका लागि पहल गर्नुका साथै रनगाई, मोर्मी ताल संरक्षण तथा फिल्ड ब्यबस्थापन, लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धनका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।