विन्ध्यवासिनी हाइड्रोपावरले आईपीओ जारी गर्ने

२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौँ । हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको हो ।

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ । जेठ २० गतेदेखि जारी हुँने आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

155 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal