विमानस्थल निर्माण कार्य रोक्ने सर्वोच्चको निर्णयप्रति युवा संघको आक्रोश

२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघले निजगढमा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई रोक्ने सर्वोच्चको फैसला प्रति कडा शब्दमा आपत्ती जनाएको छ ।

संघका संयोजक किरण पौडेलले आज एक विज्ञप्ती जारी गर्दै नेपालको हवाई क्षेत्रको विकास र मुलुकको समृद्धिको एक महत्वपूर्ण आयोजनाको रुपमा रहेको निजगढ विमानस्थल निर्माणलाई रोक्नु सर्वोच्चले शक्तिपृथकिकरणको सिद्धान्तलाई समेत धज्जी उडाएको उल्लेख गरिएको छ । कार्यपालिकाको निर्णयलार्य लत्याउँदै न्यायपालिकाले हस्तक्षेपकारी भूमिका निर्वाह गरी उक्त फैसला गर्नु विकास विरोधी भएको संयोजक पौडेलले उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतले हिजो उक्त विमानस्थल निर्माण कार्यलाई रोक्न आदेश दिएको थियो । निर्माण गर्ने पर्ने भए उक्त स्थानबाट अन्यत्र लगि निर्माण गर्न आदेश दिएको छ । सोही आदेशलाई संयोजक पौडेलले उक्त निर्णय सर्वोच्चको आफ्नो मौलिक निर्णय नभई अन्यत्र विकास विरोधी तत्वहरुको हुन सक्ने शंका समेत व्यक्त गर्नुभएको छ । केपी ओली नेतृत्वको सरकारको पालामा प्रकृया अगाडी बढाई हाल करिव तीन अर्वभन्दा बढी रकम खर्च समेत भइसकेको छ ।

हवाई क्षेत्रको विकासलाई महत्वपूर्ण मानिएको उक्त विमानस्थल रोक्नु एमालेको विकास प्रतिको योजनालाई असफल बनाउने षड्यन्त्र हुन सक्ने संका व्यक्त गर्दै उहाँले बाघ कराउनु र बाख्रा हराउनु भने जस्तै उक्त फैसला कुनै अदृष्य शक्तिको प्रभावबाट भएको हुन सक्ने दावी गर्नुभयो । उक्त निर्णय तत्तकाल सच्याउन समेत उहाँले विज्ञप्ती मार्फत माग गर्नुभएको छ

110 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal