भरतपुरकी मेयर रेनु दाहाल चढेको सवारी दुर्घटना

२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौं । चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् ।

शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ ।

रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

146 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal