करेन्ट लागेर एक जनाको मृत्यु

२०७९ जेष्ठ १३ गते, शुक्रबार

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका  छन् । 

छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

221 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal