चितवनका विद्यालयमा हप्ताको दुई दिन विदा दिन शिक्षा विकास तथा समन्वय इकाइको निर्देशन
२०७९ जेष्ठ १४ गते, शनिबार

चितवन । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ ।
इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन विदा कार्यन्वयन गर्ने/गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।

264 Views