कृषि पेशानै हाम्रो जिवन हो, कृषक र कृषि पेशालाई सम्मान गरौँ

छत्र थापा, कपिलवस्तु । कृषि पेशा दुखि पेशा त हो यदि हामी सम्पुर्ण ले दुखि पेशा हो भनेर सुखि पेशा मात्र गर्ने र खोज्नेहो भने कृषि दुखि पेशा कस्ले गर्ने त ?
आधुनिक तरिकाले गर्न सकेमा त्यति दुखि र नाफा मुलक नहुने त होईन तर हाम्रो देश सन्चालनकर्ताहरुले केवल आफ्ना सेवा सुविधालाई मात्र ध्यान दिय कृषिलाई आधुनिकिकरण कसरी गर्ने भन्ने तर्फ राज्यका कुनै पनि संयन्त्रहरुले सोच्न पनि सकेनन उल्टै विभिन्न अनावश्यक कर लगायर समयमा बीउ मल मूल्य नदियर ढाड सेकि दिन्छ अनुदान र सहुलियत रिण त सत्ता र भत्तामा रमाउनेलाई मात्रहो अशलि कृषक लाई होईन ।
सवारि साधन किन्न जग्गा पलाटिङ गर्न एकै जना व्यवसायिले अर्वौ रुपैया रिण पाउँछन् तर अशलि कृषकले कृषि पेशा गर्छु पशु पन्छि पाल्छु भन्दा बैकले रिण पत्ताउदैन अशल र साना मझ्यौला कृषकको पौच नै पुग्दैन अनुदानहरु खुल्छन तर सत्ता र भत्तामा रमाउने र कागज पत्र मिलाउनेलाई मात्रहो अशलि कृषकलाई होईन । महाशक्ति राष्ट्र चिनका राष्ट्रपति सिजिङपिङ कृषकका खेत वारिमा पुगेर कृषक संग संवाद गर्छन के के आवश्यकछ भनेर तर नेपालका प्रम राष्ट्रपतिलाई धान कहाँ फल्छ जानकारि छैन ।
हाम्रो वर्तमान देउवा सरकार यस्तोछ अत्यधिक व्यापार घाटाछ डलर छैन भारतले धान गहु र चिनिमा प्रतिवन्ध लगाउदैछ तर हाम्रो सरकारले सुपारि ल्वाङ कफि पिजा हेलिकेप्टर जहाज खरिद गर्दैछ हामिलाई ज्यान पाल्न सुपारि पिजा र हेलिकेप्टर जहाज होईन धान गहु आयात गर्न आवश्यक छ सदैव आयातको नाममा निर्भर रहने होइन उव्जा बृदि गरेर निर्यातमा निर्भर गराउन पर्छ ।
कृषि पेशालाई हेला नगरौ कृषि पेशा नै हाम्रो र परिवारको जीवन धान्ने पेशाहो दुख कष्ट र घाटा लाई राज्यले नाफा र सहुलियत मुखि वनाउन कदम नितिनियम वनाउनपर्छ कागजमा होईन व्यवहारमा लागू गर्न सक्नु पर्छ तब सफल हुनेछ।
मैले कृषि पेशालाई हृदय देखि नै सम्मान गर्दछु किनकि मेरो जिवनका हरेक समय र अंगमा कृषिजन्य वस्तुले नै धानेकोछ खाना चिया नाश्ता खान छ मिनेट ढिला हुदा शरिरका अंगले काम गर्न छाडछन भने मैले कृषि पेशालाई कसरी अपमान गर्न सक्छु जस्ले हामी संपुर्णको जीवन धानेकोछ ।
यो पनि होईन शिक्षित व्यक्तिले कृषि पेशा गर्न हुदैन इज्जत जान्छ गरिव र अशिक्षितले मात्र गर्नेहो भनने हाम्रो सोच परिवर्तन गरौ कतिपय डिग्रि हासिल गरेका युरोप अमेरिकाका ग्रिनकार्ड होल्डरहरुले ग्रिन काड र डिग्रिका सर्टिपिकेट दराजमा पेक गरेर कृषि पेशामा लागेका छन यो नया सन्देश दियकोहो र उहाहरुलाई स्वागत तथा बधाई छ मेरा तर्फ देखि ।
वजारको चर्को मूल्य र विषादि युक्त भारतवाट आयात हुने गुणस्तरहिन खाध्य वस्तु सेवन गर्नु नै गर्भको वच्चाले रोग लियर जन्मिनुहो हामिले आधा उत्पादन त आफ्नै प्रयोग गर्न सुरुवात गरौ बिस्तारै कृषि प्रदान देश नेपाल आत्मनिर्भर देश नेपाल वनाउन सुरु गरौ। क्षमा चाहान्छु दारु पशल जुवाको खाल टिकटक भिडियो र गफमा खेरा फाल्ने समयलाई कृषिमा सदुपयोग गरौ तपाईं हाम्रो अमुल्य समयलाई सदुपयोग गरौ ।
कृषि प्रधान देश नेपाल जस्ले युरोप सम्म खाध्यवस्तु निर्यात र अनुदान दिने देश नेपाल आजका गणतान्त्रिक दलहरुले भारत निर्भर वनाय भारतले पटक पटक ठुला ठुला नाकावन्दि लगाउछ र अहिले पनि मिनि नाकावन्दि सुरु गरेकोछ चिनि गहु र धानमा प्रतिवन्ध लगाउदैछ यो पनि नाकावन्दि जस्तैहो तर मिनि नाकावन्दिहो ।
तपाईले लगायको एक फलफुलको विरुवाले तपाईं र परिवार लाई मात्र अर्गानिक फलफुल खुवाउदैन वातावरण स्वचछ राख्छ चराचुरिङगिलाई आहारा मिल्छ मल पनि हुन्छ एउटा गाई भैंसी वा खाख्रा पाल्नु हुन्छ त्यस्ले तपाईं हाम्रा ससाना खर्च धान्दै समय अनुशार फाईदा मुलक वनाउन सक्छ र बृदि गर्दै जादा सदैव हामी भारतनिर्भर हुन पर्ने छैन ।
उर्जामन्त्रि भुसाल भन्छिन पेट्रोलियम पदार्थ वचत गर्न साईकल र विधुतिय समाना प्रयोग गरौ पैदल चलौ के सांसद मन्त्रि प्रम राष्ट्रपति र नेतादयहरु साईकल र पैदल चल्छन त रु गरिव जन्ता त पैदल र साईकल नै चलेका छन चुनावि सभा विवाह भोज र चुनावि प्रचार प्रसारमा जादा हेलिकेप्टर चार्टर गरेका त छैनन नि ? मन्त्रि ज्युले यो भनेको भय सुहाउथ्यो हामिले पेट्रोलियम पदार्थ उत्खनन् गर्दैछौ केही समयका लागि पेट्रोलियम पदार्थ वचत गरौ गर्न विधुतिय सामान साईकल र पैदल प्रयोग गरौ र राज्यले साईकल र विधुतिय समान जन्तालाई दिन्छ भनेको भय प्रश्न उठने थियन ।
तर यहाँ त के प्रश्न उठि रहेकोछ भने कृषि पेशा दुखिहो अन्य केही गर्न नसक्ने अशिक्षि त गरिव दुखिले गर्ने पेशाहो भनेर हिङसा अपमान पनि गर्ने र दैनिक त्यहि उपभोग गर्ने जस्तै नेता सांसद मन्त्रि प्रम राष्ट्रपति हेलिकेप्टर चार्टर गरेर स्कटिङ गरेर चल्ने र जन्ता साईकल र पैदल हिडेर पेट्रोलियम पदार्थ वचत गर्ने भनने सवाल एउटै भयन र ?