नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दु बनाउन जरुरि छ: मन्त्री आले

२०७९ जेष्ठ १५ गते, आईतवार

विमल विष्ट, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्र विन्दुको रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुभकामना दिनु हुँदै मन्त्री आलेले सो आग्रह गर्नु भएको हो ।

कोभिड-१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत शिथिलता देखा परेको अवस्थामा आजको अन्तर्राष्ट्रिय सगरमाथा दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउनु हुँदै मन्त्री आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्र विन्दुको रुपमा स्थापित गनु पर्ने धारणा राख्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले जलवायु परिर्वतनका कारण विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमालहरु सङ्कटमा पर्दै गइरहेको बताउनु भएको छ । मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा हिमालहरु सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमालहरु सङ्कटमा पर्न थालेका छन्, जस्ले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिबृद्धका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरुकोबीचमा सार्थक सहकार्यको आवश्यकता रहेको समेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

सगरमाथा र अन्य हिमालहरु नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतिक रहेको बताउनु हुँदै मन्त्री आलेले भन्नुभयो, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाहरुको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा बोल्नु हुँदै मन्त्री आलेले हिमालहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफु सहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारी समेत गराउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पुर्याउन आफु सधै लागि पर्ने समेत मन्त्री आलेले बचन बद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी मन्त्री आलेले सगरमाथा वेस क्याम्पमा विदेशी पर्यटकहरु आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाएकाले त्यो कार्य तत्काल रोक्न र दोसिलाई कारवाहि गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफुले सञ्चार प्रबिधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताउनुभयो ।

आज आयोजित १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पुरस्कृत हुने पर्वतारोही निर्मल पुर्जा (निम्स), कामीरिता शेर्पा, आङकाजी शेर्पा, टासी लाक्पा शेर्पा, कोरियाका ओङहाङ, सहित अन्य पुरस्कृत भएकालाई मन्त्री आलेले बधाइ सहित शुभकामना दिनु भएको थियो भने हिमाल आरोहणमा गएका समय ज्यान गुमाएका पर्वतारोहीहरु प्रति श्रद्धञ्जाली समेत व्यक्त गर्नु भएको थियो ।

आफु मन्त्रालयमा मन्त्रीका हैसियतमा जति दिन बस्छु त्यति दिन नागरिक र देशकै हितका लागि काम गर्ने समेत मन्त्री आलेले प्रतिबद्धता जाहेर गर्नुभयो । उक्त कार्यक्रमको मुल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौँपानेले आजकै दिन सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुम्नु भएको सुखद अवसरमा उहाँहरुको साहस र योगदानको उच्च प्रशंसा गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्नु हुँदै सचिव न्यौँपानेले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधै सकारात्मक रहेको र रहने जानकारी समेत गराउनुभयो ।

220 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal