बलात्कारको आरोपमा ३१ बर्षीय पुरुष पक्राउ
२०७९ जेष्ठ १६ गते, सोमबार

पाल्पा । एक युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । दर्जीले दुई दिनअघि घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ ।
बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जन्येको छ ।
161 Views