दुर्घटनामा परेको जहाजका १४ जनाको शव फेला: पोष्टमार्टम गर्न काठमाडौँ ल्याइने

२०७९ जेष्ठ १६ गते, सोमबार

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।

विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको बताइएको छ ।

दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।

शव काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको । आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

215 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal