बिष्फोटक ब्याटसम्यान कोरी एन्डरसनले नेपालविरुद्ध नखेल्ने

२०७९ जेष्ठ १९ गते, बिहीबार

एजेन्सी। पूर्व न्युजिल्यान्डका विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसनले आज राती हुने नेपालसँगको अभ्यास खेल नेपाली अल स्टार्सबाट नखेल्ने भएका छन् । यसअघि एन्डरसन नेपाली अल स्टार्सको उपकप्तानको रुपमा टोलीमा रहेपनि पारिवारिक कारण गुमाउने भएका छन् ।

खेल नेपाली समय अनुसार राती ९: १५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल सुरु हुनेछ । खेल ५० ओभरको अभ्यास हुनेछ । एन्डरसनको छोरी जन्मिएपछि नखेल्ने भएका हुन् । छोरीको जन्म भएसँगै उनी अमेरिकाको डलास फर्किएका छन् ।

कोरी नेपालविरुद्ध खेल्ने नेपाली अल स्टार्सबाट सर्वाधिक ठूला नाम रहेका खेलाडी थिए । पृथु बाँस्कोटाको कप्तानीमा रहेको अल स्टार्समा वसन्त रेग्मी, कनिष्क चौगाईं, आइपिएल अनुभवी विपुल शर्मा लगायतका खेलाडी छन् । एन्डरसनले न्युजिल्यान्ड छाडेर अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा रहेका छन् । एन्डरसनले २०१८ यता न्युजिल्यान्डबाट खेलेका छैनन् ।

बाँया हाते कोरी विश्फोटक ब्याटिङकासँगै तीब्र गतिका बलर हुन् । ३१ वर्षीय उनले न्युजिल्यान्डका लागि ४५ ओडीआई इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ११ सय ९ रन बनाएका छन् । एन्डरसनले सन् २०१४ मा वेस्ट इन्डिविरुद्ध ३६ बलमै शतक प्रहार गरेका थिए ।

140 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal