नेपालि रास्ट्रीय क्रिकेट टोलि अभ्यास खेलमा नेपालि अल स्टार्ससंग ४ विकेटले पराजित 

२०७९ जेष्ठ २० गते, शुक्रबार

ह्युस्टन, अमेरिका । आइपिएल च्याम्पियन खेलाडी विपुल शर्मा नायक बन्दा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

अल स्टार्सको जितमा आइपिएल अनुभवी विपुल शर्माले ५१ बलमा ४ चौका र २ छक्कासहित महत्वपूर्ण ५० रनको योगदान दिए । विपुल २०१६ मा सनराइजर्स हैदराबादले आइपिएल जित्दाका खेलाडी हुन् । गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित रहे ।

एक समय १९ ओभरमा ९६–५ को कमजोर अवस्थामा पुगेको अल स्टार्सलाई जिताउन छैटौं विकेटका लागि विपुल र गौरभले ८३ रनको निर्णायक साझेदारी गरेका थिए । विपुललाई किशोर महतोले ३३ औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलबाट क्याच गराउँदै साझेदारी तोडेपनि खेल हातबाट निस्कि सकेको थियो ।

नेपाली अल स्टार्सलाई ओपनर एन्ड्रिज गौस र उदय कौलले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । तर नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिँदै संकटमा पुर्याएका थिए । सन्दीपको नवौं ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा कौल देव खनालबाट १३ रनमा क्याच भए ।

११ औं ओभरको पाँचौं बलमा आक्रामक सुरुवात गरेका गौसलाई सन्दीपले ४५ रनमा बोल्ड गर्दै नेपाललाई खेलमा उत्कृष्ट पूनरागमन गराए । ३३ बल खेल्दै गौसले ९ चौका प्रहार गरेका थिए । लगत्तै अर्को बलमा पृथु बाँस्कोटालाई सन्दीपले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै गोल्डेन डक पेभेलिएन फर्काए ।

सन्दीपले नितिश कुमारलाई ९ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले मार्टिन कैनलाई १२ रनमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए । सन्दीपले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । किशोर महतोले १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५।५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६० रनमा अविजित रहे ।

खराब सुरुवात गरेपनि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गौसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण १ रनमा रिटायर्ट हुन पुगे ।

उपकप्तान रोहित पौडेल तीव्र गतिका बलर आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । रोहितले २३ बलमा २ चौकासहित १६ रन बनाए । बेन्चमा रहेका सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए । देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा उदय कौलबाट समातिन पुगेपछि नेपाल झनै समस्यामा परेको थियो ।

देवले सुस्त ब्याटिङ गर्दै ५६ बलमा १ चौका सहित २० रन जोडे । विनोद स्पिनर मार्टिन कैनको ३२ औं ओभरको पाँचौं बलमा एक्स्ट्रा कभरमा ५१ बलमा ३ चौकासहित २६ रनमा पृथु बास्कोटाबाट क्याच आउट भए । सोमपाल कामी कैनको ३५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा २० बल खेल्दै २ रनमा क्याच आउट भए ।

कैनले आदिल अन्सारीलाई १६ रनमा विकेटकिपरबाट क्याच गराउँदा नेपाल ३८।३ ओभरमा १३५–७ को अवस्थामा पुगेको थियो । आदिलले ११ बलमा २ छक्का प्रहार गरे । त्यसपछि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । तर धेरै समय क्रिजमा बिताउन भने पाएनन् । करणले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे ।

करण मोहम्मद इलयासको ४२ औं ओभरको चौथो बलमा उपरकट सट खेल्नेक्रममा विकेटकिपरबाट क्याच आउट भए ।
नेपाली अल स्टार्सका स्पिनर मार्टिन कैनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद इलायसले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । आदिल भाटीले ७ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए । वसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चे ।

नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्नुअघि दुई अभ्यास खेल खेलेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ ९जुन ९० – नेपालविरुद्ध ओमान

जेठ २८ ९जुन ११० – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ ९जुन १४० – नेपालविरुद्ध ओमान

असार १ ९जुन १५० – अमेरिकाविरुद्ध नेपाल

145 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal