अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

२०७९ जेष्ठ २१ गते, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा ओमानसँग हार बेहोरेको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २–० ले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले यसअघि मैत्रीपूर्णमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी तथा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीच विवाद भएपछि नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडी टोलीमा रहेका छैनन् । अलमुताइरीले आफुविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राख्दै युवा खेलाडीलाई टोलीमा समेटेको छ ।

टिमोर लिस्टेपछि पछि नेपालले जेठ २० मा ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । नेपालले कतारमा खेलेको तीनै खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

136 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal