अनेरास्ववियु कपिलवस्तुद्धारा पुर्व जिल्ला अध्यक्ष अर्याल र आचार्यलाई सम्मान

२०७९ जेष्ठ २१ गते, शनिबार

कपिलवस्तु । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित अनेरास्ववियु जिल्ला कमिटी पुर्वअध्यक्षद्वय गोबिन्द आचार्य (बिकास) र बाबुराम अर्याललाई अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुले सम्मान गरेको छ । उक्त कार्यक्रम बुद्धभूमि-२ गोरुसिङ्गेमा सम्पन्न भएको हो ।

आचार्य बुद्धभुमी नगरपालिका ३ मा दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको हो भने अर्याल बाणगंगा ८ को वडा अध्यक्षमा निर्वावाचित हुनु भएको हो ।

कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दयाराम पौडेलको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय कमिटी सचिव श्याम प्रजापतिको प्रमुख अतिथ्यता, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सदस्य इन्द्रिरा पौडेल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

158 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal