लुटपाटको आरोपमा दुई युवक पक्राउ

२०७९ जेष्ठ २३ गते, सोमबार

काठमाडौँ । मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नयाँ बानेश्वरबाट मेगाङ गाउँपालिका-५ घर भई हाल महाबौद्ध बस्‍ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका-४ घर भई हाल बागबजार बस्‍ने २८ वर्षीय राम श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्‍न मोडलका ९ थान मोबाइल बरामद गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

130 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal