सांसद महेश बस्नेतको आक्रोस: ‘गठबन्धन सरकारले जनताको मुटु घोचिरहेको छ, किरा पारिरहेको छ’

२०७९ जेष्ठ २६ गते, बिहीबार

काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले जनताको मुटुमा घोचिरहेको तथा मन मुटुमा किरा पारिरहेको भन्दै आक्रोस जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै नेता बस्नेतले टंकप्रसादलाई राणाहरुले दिएको सजाय तथा न्यायाधिसहरुले दिएको सजायको प्रशंगलाई कोट्याउँदै वर्तमान सरकारले राणाकालिन जस्तै जनताको लागि नभई आफु र आफ्नो नेताको लागि मात्र काम गरिरहेको आरोप लगाउनुभयो । सरकार पक्ष जनताको विकास र समृद्धिको चाहनालाई पुरा गर्ने नभई प्रतिपक्षलाई कमजोर बनाउने खेल तथा मन्त्रीहरुले आफ्नो पद जोगाउने खेलमा मात्र लागि परिरहेको उल्लेख गर्दै उहाँले सरकारको नकरात्मक गतिविधिहरुको कुरा गरिरहँदा सत्ता पक्षका सांसदहरुले प्रमुख प्रतिपक्षका नेतादेखी सांसदसम्मलाई बचनका कोर्राहरु हान्ने गरेकोभन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘१९९७ सालमा टंकप्रसाद जीलाई राणाका केरकार गर्ने न्यायधिसहरुले गिरफ्तार गरे र उनलाई सोधे, ए बाहुन तिमीले सरकार भनेको बुझ्छौं ? त्यसपछि टंकप्रसादले उक्तर दिए, बुझ्छु, सरकार भनेको जनताको मुटु हो । फेरि न्यायाधिसले भने सरकार जनताको मुटु हो भने तिमीले किन सरकारको मुटु घोचिरहेका छौं रु सरकारलाई किन थिचिरहेका छौं ? सरकारलाई किन चिरिरहेका छौं रु त्यतिवेला टंक प्रसादले भने, जनताको मुटुमा किरा परेको छ, यो सरकारले किरा पारेका छ, त्यही भएर मैले मुटुमाथि घोचिरहेको छु भनि जवाफ दिएका थिए । त्यो जवाफ वापतमा उनलाई कोर्रा हानियो । आज गठबन्धनको सरकार देशको मुटु, जनताको मुटुको रुपमा काम गरिरहेको छैन । किरा परिरहेका छ । उक्त विषयमा कुरा गरिरहँदा सत्ता पक्षका सांसदहरुले प्रमुख प्रतिपक्षका नेतादेखी सांसदसम्मलाई बचनका कोर्राहरु हानिन्छन् ।’

वर्तमान परमादेशी सरकार बनेसँगै उद्योगमी व्यापारीहरु निरास रहेको उल्लेख गर्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरु चल्नै नसक्ने अवस्थामा पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र ग्याष्टिक, अल्सर हैन, क्यान्सर हुने अवस्थामा पुगेको छ, बैंकहरु पैंसा नभएर टाट पल्टिएको अवस्था छ । विद्यालयहरु पाठ्यपुस्तकहरु नभएर बन्द हुने अवस्थामा छन् । किसानहरु मलको अभावमा आउँदो वर्षको खेती वाली गर्ने कि नगर्ने भन्ने चिन्तित रहेका छन् । डिग्री हासिल गरेका युवाहरु म्यादी प्रहरीको जागिर खान बाध्य छन्, अछाम, वर्दिया लगायतका स्थानहरुमा जनताहरुले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेका छन् । सरकारले गोली प्रहार गरिरहेको छ । महिला हिंसा, बलात्कार दिन दिनै बढ्दो छ तर गृहमन्त्रालय बेखवर रहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि १५ पटक भन्दा बढि बढिसकेको छ । पछिल्लो १० वर्षमा सवैभन्दा बढि मूल्यवृद्धि भएको छ ।’

संसदमा नेपालको अर्थव्यवस्था धरासायी बनिरहेको अवस्थामा विनियोजन विधेयक माथि भइरहेको छलफलको क्रममा सम्बन्धीत मन्त्रीहरुनै सदनमा उपस्थित नहुने गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारका मन्त्री तथा नेताहरु आफ्नो पद, गठबन्धन तथा नयाँ मन्त्रीका लागि लाईनमा बसेका सांसदहरुलाई मन्त्रीको पद पाउनुपर्नेमा मात्र ध्यान रहेको दावी गर्नुभयो । स्वदेशी सेनेटरी प्याडलाई निरुत्साहित पार्दै सरकारले विदेशी सेनेटरी प्याडको आयातलाई बढावा दिएर सरकारले २२ अर्वभन्दा बढी नेपाली रुपैंया विदेश पठाउने खेलमा लागेको आरोप लगाउँदै उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो डाइरेक्ट कनेक्सन भएका उद्योगहरुलाई मात्र विद्युत तथा अन्य सेवाहरुमा छुट दिइरनुभएको उद्योगीहरुको गुनासो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विनियोजन विधेयकबारे संसदमा छलफल भइरहँदा सरकारका मन्त्रीहरु गठबन्धन जोगाउन, प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउन, पद जोगाउने दौडधुपमा नै व्यस्त रहेको छन् । अहिले पनि मन्त्रीहरु प्रधानमन्त्रीको घरतिर हुनुहुन्छ होला । किन भने भइरहेका मन्त्रीहरुले पद जोगाउनु छ । मन्त्रीको लागि लाईनमा बस्ने सांसदहरुलाई मन्त्रीको पद चाहिएको छ । त्यसै भएर विनियोजन विधेयकमाथिको यति महत्वपूर्ण छलफलमा अर्थमन्त्रीको अनुहार देखेका छैनौं । धेरै मन्त्रीहरुलाई सदनमा बोलाउनको लागि जवरजस्ती गर्नुपरको छ । सिमेन्ट तथा रड उत्पादन गर्ने उद्योगहरुलाई १० हजारभन्दा बढी विद्युत खपत गर्नेलाई सरकारले १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । जसमा ६ वटा सिमेन्ट उद्योग र दुई वटा रड उद्योगहरुले मात्रै लाभ लिइरहेका छन् । ति सवै सिमेन्ट तथा रड उद्योगहरुको लाभ डाइरेक्ट अर्थमन्त्रीसँग सम्बन्धीत छ, कनेक्टेड भनि व्यापारीहरुले प्रश्न उठाइरहेका छन् ।’

94 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal