उड्डयनमन्त्री आलेद्धारा ब्याग्गेज बेल्ट तथा टर्मिनल भवन शिलान्यास

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आफू पदमा रहुन्जेल कसैको शिर ननिहुरिने गरि काम गर्ने बतउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याग्गेज बेल्ट तथा टर्मिनल भवन शिलान्यास तथा पानीको फोहोरा उद्घाटन कार्यक्रममा उहाँले यस्तो बाउनुभएको हो ।

कुर्सी अस्थायी भएकाले जति दिन बसिन्छ त्यति दिन राम्रो काम गर्न लागिरहेको उहाँको भनाइ थियो । मन्त्री आलेले पेसेन्जेरले उभिन नपर्ने र पाँच मिनेटमा नै आफ्नो लगेज लिएर जान सक्ने गरि स्ट्यान्डर्ड मेन्टेन गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो । टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौं महिनाभित्र काम सक्ने वातावण मिलाउन पनि आग्रह गर्नुभयो ।

विमानस्थल भित्रका भौतिक पूर्वाधारहरुको निर्माण सँगै यिनीहरूको उचित सरसफाई लाई पनि व्यवस्थित बनाउने काममा आफूले हरतरहले सहयोग तथा निर्देश गरिरहेको भन्दै मन्त्री आलेले आगामी दिनमा पनि विमानस्थलको उन्नयनमा आफ्नो साथ सहयोग सधैं रहिरहने बताउनु भएको हो । २०७८ मंसिर १५ मा दुईवटा कार्यक्रम एकैदिन उदघाटन गर्नुभएका मन्त्री आलेले आज तीनवटा कार्यक्रम उद्घाटन गर्नुभएको छ ।