संघीयता खारेजीबारे राप्रपाले सरकारको ध्यानाकर्षण गराउने
२०७९ जेष्ठ ३१ गते, मंगलवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार विभिन्न विषयमा ध्यानाकर्षण गराउन सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्तिमार्फत राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, अनियन्त्रित मूल्यवृद्धि, भ्रष्टाचार, किसानलाई मल, बीउको आपूर्तिलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन लागेको जनाएका छन् ।
141 Views