नेपाल टस हारेर ब्याटिङ गर्दै

२०७९ असार ४ गते, शनिबार

काठमाडौं । नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । किनरारा एकेडेमी ओभल मैदानमा भर्खर सम्पन्न टसमा कुवेतले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपाल लगातार दोस्रो जित निकाल्ने सोचमा छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । कुवेतको पहिलो खेल भने वर्षाको कारण बहराइनसँग नतिजा बिहीन बनेको थियो ।

भुटानलाई हराउन स्पिनर संगिता राईले २.५ ओभरमा चार विकेट लिएकी थिइन् । तीव्र गतिकी बलर कविता कुँवरले तीन ओभरमा तीन विकेट लिएकी थिइन् । तर भुटानविरुद्ध भने नेपालले मात्र ९४ रन बनाएको थियो ।

नेपाल र कुवेतबीच दुई महिला टि २० आई खेल भएको छ । नेपाल दुबै खेलमा विजयी भएको छ । गतवर्ष टि २० विश्वकप छनोटमा नेपालले कुवेतलाई २७ रनमा अल आउट गर्दै ९ विकेटले विजयी भएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

206 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal