भिरबाट लडेर एक जनाको मृत्यु
२०७९ असार ६ गते, सोमबार

पश्चिम रुकुम । रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको परिवारले जनाएको छ ।
आइतवार अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् ।
182 Views