पेस्तोल र गोलीसहित एकजना पक्राउ

२०७९ असार १२ गते, आईतवार

चितवन । चितवनमा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–५ विकासचोक डेरा गरी बस्ने भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भएका ३३ वर्षीय प्रकाश बिकलाई पक्राउ गरेको हो ।

उनको साथबाट एक थान कटुवा पेस्तोल र सोको दुई राउण्ड गोली बरामद भएको छ । प्रकाशको कोठा जाँच गर्ने क्रममा कोठाबाट उक्त पेस्तोल र गोली फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

213 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal