छाडा चौपाया ब्यबस्थापन गर्न नेपाल किसान संघर्ष समितिले गरायो ध्यानाकर्षण

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा छाडा चौपायाले किसानहरुको अन्नबाली नष्ट गरेको भन्दै नेपाल किसान संघर्ष समिती कृष्णनगर नगर समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय छाडा पशु चौपायाले किसानको अन्नबाली नष्ट गरेको र सडक दुर्घटना पनि बढिरहेको भन्दै समितिले कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहलाई आज ज्ञापन पत्र बुझाउदै छाडा चौपायाको ब्यबस्थापन गरि किसानलाई राहत एवम क्षतिपूर्तिको माग समेत गरेको छ ।
नेपाल किसान संघर्ष समिती कृष्णनगर नगर समितिका अध्यक्ष साजिद अलि मुसलमानको नेतृत्वमा नगरपालिका भित्रका पिडित किसानहरुको गएको टोलिले नगर प्रमुखलाई ध्यानाकर्षण गराएको हो । केहि महिना अघि प्रमुख जिल्ला अधिकारी सहितको समन्वयमा कपिलवस्तुका पालिका हरुले छाडा चौपाया ब्यबस्थापन गर्ने भनिएता पनि छाडा पशु चौपाया ब्यबस्थापन नभएको किसानहरुको गुनासो छ । रातको समयमा पशु चौपायाले अन्नबाली खाइदिने पशु चौपाया ब्यस्थापनको जिम्मेवारी स्थानीय सरकारको रहेको भएता पनि कृष्णनगर नगरपालिकाले यस बिषयमा कुनै चासो नदेखाएको भन्दै किसानहरु आक्रोषित बनेका हुन ।
ज्ञापन पत्र बुझाउदै संघर्ष समितिले किसानहरुलाई तत्काल उचित क्षतिपूर्ति दिन नगरपालिकाले ठोस कदम चाल्नुपर्ने र दीर्घकालीन रुपमा छाडा पशु चौपायाको ब्यबस्थापन गर्नुपर्ने माग समेत गरेको छ । छाडा पशु चौपाया हरुले गर्दा सडक दुर्घटना बढेको भन्दै संबंधित सरोकारवाला हरुले यस बिषयमा कुनै चासो नदेखाएको भन्दै नेपाल किसान संघर्ष समिती कृष्णनगर नगर समितिले यस बिषयमा गम्भीर हुन नगरपालिकालाई आग्रह समेत गरेको छ ।
नगरपालिकाले छिटो भन्दा छिटो छाडा पशु चौपाया ब्यबस्थापन गरि पिडित किसानहरुलाई उचित राहतको ब्यबस्था नगरे संघर्ष समिती कडा आन्दोलनमा उत्रीने चेतावनी दिएको छ ।
यस्तै नेपाल किसान संघर्ष समिती कृष्णनगरका अध्यक्ष साजिद अलि मुसलमानले नगरपालिकाले छाडा पशु चौपाया ब्यबस्थापनमा ध्यान नदिए किसान आन्दोलन सुरु गर्ने बताउनुभयो । ूछाडा पशु चौपाया बाट नष्ट भएको अन्नबालिको पहिचान गरि पिडित किसानलाई छिटो भन्दा छिटो राहतको ब्यबस्था गर्नुपर्छ अन्याथा हामि किसान आन्दोलन सुरु गर्छौँ । ू उहाँले भन्नुभयो ।
ज्ञापन पत्र बुझाउने क्रममा नेपाल किसान संघर्ष समिती कृष्णनगरका अध्यक्ष साजिद अलि मुसलमान, समितिका पदाधिकारी सहित सयौँको संख्यामा किसानहरुको उपस्थिति रहेको थियो । नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षतिर ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय तौलिहवा, जिल्ला प्रहरी कार्यालय र कृष्णनगर नगरपालिकाका सम्पुर्ण वडालाई बोधार्थको रुपमा ज्ञापन पत्र बुझाइएको छ ।
यस्तो छ संघर्ष समितिको ज्ञापन पत्र:
” मिति : २०७९ पुष ८
श्री नगरप्रमुख ज्यु
कृष्णनगर नगरपालिका
कृष्णनगर, कपिलवस्तु ।
विषय: छाडा पशु चौपाया व्यवस्थापन सम्बन्धमा ।
नेपाल एक कृषि प्रधान देश हो । हामी नेपाली कृषकहरु कृषि पेशामा आबद्ध रहि जिवन यापन गरिरहेको यहाँलाई अवगत नै छ । पछिल्लो समय खेती किसानी गर्न निकै नै सकस भएको छ । समयमा मल, विउ नपाउदाँ हाम्रो खेतको उत्पादन दिन प्रति दिन घट्दै गएको छ । जेनतेन मल र विउको जोहो गरेर खेती किसानी गर्दा छाडा चौपायाले खेतमा लगाएको बाली खाइदिदाँ झनै समस्या सृजना भएको छ ।
छाडा चौपायाले हामी किसानले लगाएको अन्नबाली खाइदिनुका साथै सडक दुर्घटना समेत बढेको छ । हामीले खेतमा छरेको गँहु, मसुरो, लगायत बाली नाली छाडा गाईगोरुले खाएर नोक्सान भएको हुँदा नगरपालिकाले क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्छ । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका किसानरुले छाडा चौपाया व्यवस्थापन गर्न कृष्णनगर नगरपालिका सङ जोडदार माग गर्दछौ । छाडा चौपाया नियन्त्रण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएकाले यसको व्यवस्थापनका लागि हार्दिक अनुरोध गर्दछौ । किसानहरुका समस्या समाधानका लागि नगरपालिकाले तत्काल उचित कदम चालि किसान हरुलाई क्षतिपूर्तिको ब्यबस्था गरि छाडा चौपाया ब्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहान्छौँ ।
केही महिना अघि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीको पहलमा जिल्लाका पालिकाहरुसङ समन्वय गरि दीर्घकालीन छाडा चौपाया ब्यबस्थापन गर्ने पहल भएको थियो । उक्त पहलले हामी किसानहरुमा निकै आशा जागेको थियो । तसर्थ सो कार्यलाई निरन्तरता दिनका लागि प्रमुख जिल्ला अधिकारी ज्युलाई यसै ज्ञापन पत्र मार्फत हार्दिक अनुरोध गर्दछौँ ।
साजिद अलि मुसलमान
अध्यक्ष
नेपाल किसान संघर्ष समिती
कृष्णनगर नगर समिति, कपिलबस्तु । “