लागूऔषधसहित दुई जना पक्राउ

२०८० जेष्ठ ५ गते, शुक्रबार

बुटवल । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लुकिछिपी लागूऔषध (ब्राउन सुगर) को कारोबार गर्ने बुटवल उपमहारनगरपालिका–१९ पत्थरगंज मिलनटोलमा बस्दै आएकी स्याङजाकी ४१ वर्षीय माया गुरुङ र बुटवल ११ मा बस्दै आएका ४० वर्षीय नारायणप्रसाद सिंजापतीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कमा शंकास्पद अवस्थामा हिडेका सिंजापतीको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको र अनुसन्धान गर्दा गुरुङले कोठाभाडा लिएर बस्दै आएको ठाउँबाट लागूऔषध भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा खटेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूबाट १२ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र ‘स्पाशमोइक’ लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ ।

37 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal