चलाख बालकृष्ण: पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’

२०८० जेष्ठ ५ गते, शुक्रबार

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटिएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग कनेक्सन देखिएपछि पक्राउ परेका खाणलाई अनुसन्धान अधिकृतहरूले मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको बारेमा प्रश्न गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतहरूले खाणलाई प्रश्न गरे–‘तपाईँको मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?’ बयानमा खाणले भनेका छन्– ‘फोन गर्दा र उठाउँदा कता थिचियो होला, प्राविधिक कुरा हुनाले मलाई थाहा भएन ।’

खाणले आफू पक्राउ पर्ने संकेत पाएसँगै मोबाइल रिसेट गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । बयानमा खाणले भनेका छन्–‘फोन मेरो हो, प्राविधिक कुरा थाहा छैन ।’ २७ वैशाखमा खाण मैजुबहाल स्थित घरबाट पक्राउ परेका थिए । शरणार्थी प्रकरणमा खाणसहित १६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले आरोपीहरूबारे अनुसन्धान गरिरहेको छ ।

18 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal