स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन-२ को उपाधि

२०८० जेष्ठ ६ गते, शनिबार

काठमाडौँ । भ्वाइस किड्स सिजन(२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।

20 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal