एक रनको रोमान्चक जित निकाल्दै लखनउ प्लेअफमा

२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स ले प्लेअफमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा कोलकत्ता लाइ १ रनले हराउँदै लखनौ ले प्लेअफमा स्थान पक्का गरेको हो ।

जितका लागि १७७ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो ।

कोलकत्ता का लागी रिंकु सिङ ले ३३ बलमा ६ चौका र चार छक्का को मदतमा ६७ रन बनाए। कोलकत्ता का जसन रोय ले ४५, विंकटेश अय्यर ले २४, नितिश राना ले ८ तथा रहमनुल्लाह गुर्बाज ले १० रनको पारी खेले ।

लखनउ का लागी तिव्र गतिका बलर यश ठाकुर ले २ र स्पिनर रवी बिश्नोइ ले २ विकेट लिए । क्रुनाल पांड्या र कृष्णपा गौतमले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला कोलकत्ता ले बलिङ रोजेपछी ब्याटिङ मा उत्रीएको लखनउ का लागी निकोलस पूरन ले सर्वाधिक ५८ तथा क्विन्टन डिकक ले २८, प्रेरक मन्कड ले २६ र आयुश बदोनी ले २५ रन बनाए ।

मार्कस स्टयनिस डक आउट भए भने कृष्णपा गौतम ११ र नवीन उल हक २ रनमा अविजित रहे ।

कोलकत्ता का लागी वैभव अरोरा, शार्दुल ठाकुर र सुनिल नारायण ले समान २ विकेट लिए भने हर्षित राना र वरुण चक्रवर्थी ले समान १ मिकेट लिए ।

यो जितसँगै लखनउ ले १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ । हारपछि कोलकत्ता भने १२ अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।

30 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal