वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा

२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौं । सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ ।

शुक्रबार संसदमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राट्रपति रामचन्द्र पौडेलले आगामी दुई वर्षभित्रै देशका सबै नागरिकमा ऊर्जाको पहुँच सुनिश्चित गरिने जनाए ।

यसैगरी सरकारले आगामी दुई वर्षभित्रै देशका सबै घरमा विद्युत सुविधा उपलब्ध गराउने पनि बताएको छ । यस्तै विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिजुली खपत बढाइ खाना पकाउने ग्यासलाई क्रमशः विद्युतबाट प्रतिस्थापन गरिने पनि सरकारले नीति लिएको पौडेलले जनाए ।

17 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal