इन्टरनेटको मूल्य नबढाउन प्रदीप पौडेलले गराए सरकारको ध्यानाकर्षण

२०८० जेष्ठ ८ गते, सोमबार

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य भएको बताए।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए । गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेको भन्दै उनले आपत्ति जनाए ।

50 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal