नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

२०८० जेष्ठ ८ गते, सोमबार

सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो । गते सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक पुगेको छ ।
गते सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से १८०७.५३ अंकसम्म झरेको थियो । २३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि पुनः बढेर २२०० अंकसम्म पुगेको थियो । सोमबार बजार परिसूचक नेप्से ८.१० अंकले वृद्धि हुँदा १८९१.३१ को विन्दुमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य गिरावट र व्यापार उपसूचक ०.९९ प्रतिशतले गिरावट भएपनि अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले बढेका छन् ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गते बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

17 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal