मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२०८० जेष्ठ ८ गते, सोमबार

मोरङ । जिल्लाको विराटनगर महानगरपालिका–७, पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगत रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा आज बिहान रेडक्रस अस्पताल विराटन गरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आइतबार राति साढे ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

13 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal