बुद्धभुमिमा श्रम स्वीकृती सेवा पालिकाबाटै सुचारु

२०८० जेष्ठ ८ गते, सोमबार

शिब खनाल, कपिलबस्तु । कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाले नगरपालिकाबाट नै पु:न श्रम स्वीकृती दिन थालेको छ । सोमबार बाट नगरपालिका देखिनै श्रम स्विकृति सेवा दिन थालिएको नगर प्रमुख केशब कुमार श्रेष्ठले बुद्धबाटिका अनलाईनलाई जानकारि दिए ।

स्थानीयलाई श्रमस्वीकृतका लागी काठमाडौं, बुटवल धाउनुपर्ने बाध्यताको अन्त्यका लागी सेवा सुरु गरिएको उनको भनाई छ ।श्रम तथा रोजगार मन्त्रालयको परिपत्रअनुसार उक्त सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद नेपालले जानकारी दिए ।


वैदेशिक रोजगारीको शिलशिलामा टाढाटाढा गएर श्रमस्वीकृती लिनुपर्ने रहेकोमा अब स्थानीय स्तरमै सेवा पाएपछि सेवाग्राहीले राहात महसुस गर्ने उनले बताए । उक्त सेवा प्राप्त गर्ने पहिलो सेवाग्राही बुद्धभूमि नगरपालिका- १ का रोहित विक्रम जि.सी.ले लिए भने दोस्रो सेवाग्राहीका रुपमा बुद्धभूमि नगरपालिका- ३ का दान बहादुर गेलेङले सेवा लिए । जिसीले दुबईका लागी पुनः श्रम स्वीकृति गराएका हुन् भने गेलेङले साउदीअरबका लागी पुनः श्रम स्वीकृति गराएका हुन् । श्रम स्वीकृतिको फाराम प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद नेपालले हस्ताक्षरण गरेका थिए ।

41 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal