करेन्ट लागेर एक जनाको मृत्यु

२०८० जेष्ठ ९ गते, मंगलवार

रामेछाप । रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लिखु तामाकोशी गाउँपालिका–२ सैपुको सिरिसेमा लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको हो ।

माछा मार्न प्रयोग हुने उपकरणमा करेन्ट सर्ट हुँदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

27 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal