हेलिकप्टरद्वारा एक सुत्केरी महिलाको उद्धार

२०८० जेष्ठ ९ गते, मंगलवार

दार्चुला । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

आइतवार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माउनु भएको थियो । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि आमा र बच्चालाई सोमवार जिल्ला अस्पतालमा ल्याइएको थियो ।
यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

22 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal