नवनियुक्त दुई मन्त्रीको शपथ आज
२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० मा शपथग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपतिले दुई मन्त्री नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
12 Views