१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौँ । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ । सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ ।

स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म साढे २ खर्ब रूपैयाँका कृषि तथा वस्तुजन्य वस्तु विदेशबाट आयात भएको छ । स्वदेशमै उत्पादन गर्न सकिने सामान पनि विदेशबाट ल्याउनुपर्ने भएपछि व्यापार घाटा बढ्दै गएको हो ।

नेपालीको भान्सामा पाक्ने चामल, माछामासु, तेल, प्याज, आलु, धनिया आदि भारत, चीन लगायत विभिन्न मुलुकबाट आयात हुन्छ। नेपालको माटोमा फलाउन सकिने एभोकार्डो युगान्डा र केन्या, अंगुर भारत र चीनबाट तथा किबी युनाइटेड अरब इमिरेट्स र ग्रिसबाट आयात भइरहेको छ ।

कफीका पारखी नेपालीले साइप्रस, इथोपिया, हङकङ, थाइल्यान्ड, बेलायतबाट आयातित कफी प्रयोग गरिरहेका छन् । कृषिजन्य वस्तु मात्र नभएर माछामासुमा समेत विदेशको भर पर्नुपर्ने अवस्था छ । भेडाको मासु अस्ट्रेलियाबाट आयात हुन्छ भने दुधका परिकार जापान, भारत, कतार, बेलायतबाट ल्याइन्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

47 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal