गुजरातलाई हराउँदै चेन्नाइ फाइनलमा

२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौं । डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शनमा चेन्नाइले गुजरातलाई १७ रनले हरायो । लिग चरणमा गुजरात शीर्ष स्थानमा रहँदा चेन्नाइ दोस्रो स्थानमा थियो ।

चेन्नाइ अब उपाधिबाट एक जित मात्र टाढा छ । गुजरातले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच हुने एलिमिनेटरको विजेतासँग गुजरातले फाइनल प्रवेशका लागि खेल्नेछ ।

घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । ओपनर रुतुराज गाएकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाए । डेभोन कनवेले ४० रन जोडे । जडेजाले १६ बलमा २२ रन जोडे ।

16 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal