दुर्गममा जानै मान्दैनन् चिकित्सक
२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौं । मुगुको कर्मारोङ सामुदायिक अस्पताल करिब पाँच महिनादेखि चिकित्सकविहीन छ । २०७६ सालमा छाया नेपाल संस्थाले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेर दुई वर्षसम्म स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको थियो । त्यसपछि अस्पताल व्यवस्थापनको जिम्मा पाएको गाउँपालिकाले २०७८ साउनमा डा. भोगिन्द्र कार्कीलाई करारमा राख्यो ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार छाया नेपालले एक लाख र गाउँपालिकाबाट थप ५० हजार तलब–सुविधा दिएर डाक्टर राखिएको थियो । छाया नेपालले मासिक एक लाख दिने सम्झौता सकिएपछि डा. कार्की गाउँपालिकाले दिएको सुविधामा बस्न तयार भएनन् । ३० मंसिर २०७९ मा राजीनामा दिए । त्यसयता अस्पताल डाक्टरविहीन छ ।
12 Views