अघोषित लोडसेडिङले उद्योग मारमा

२०८० जेष्ठ १२ गते, शुक्रबार

वीरगन्ज । अघोषित लोडसेडिङले औद्योगिक करिडोरका उद्योगी मारमा परेका छन् ।

वीरगन्ज पथलैया क्षेत्रका उद्योग कलकारखाना अनियमित विद्युत कटौतीले उत्पादनमा ह्रास आउनुका साथै उत्पादित बस्तुको गुणस्तरमा समेत ह्रास आएको उद्योगीहरूले बताएका छन् ।

लामो समयसम्म उर्जा संकट व्यहोरिरहेका औद्योगिक करिडोरमा २०७५ साल बैशाख ३० मा नेपाल विद्युत प्रधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गरेपछि राहत महसुस भएको व्यवसायीहरू बताउँछन् ।

तत्कालिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले औद्योगीक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएको आधारमा औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्यको घोषणा गरेका प्रधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङले चर्चा पाएका थिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

48 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal