सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)
२०८० जेष्ठ १२ गते, शुक्रबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडादर घटेको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकामा नयाँ भाडादर लागू गरेको हो । जसअनुसार ५ किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ कायम भएको छ । यसअघि ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ थियो ।
यसैगरी १० किलोमिटरसम्मको २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३३ रुपैयाँ कायम भएको मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ । यस्तै उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाइएको छ ।
16 Views