भिरबाट लडेर आमाछोराको मृत्यु
२०८० जेष्ठ १६ गते, मंगलवार

धादिङ । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका २ मासखर्क (जाउलखर्क) निवासी १९ वर्षीय अप्सरा चेपाङको सोमबार साँझ साढे ५ बजे घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो । उनीसँगै गएका दुई वर्षका छोरा राजन चेपाङको पनि भिरबाट लडेर मृत्यु भएको छ । कात्तिके चुली जंगलको भिरबाट छोरा लडेपछि उनको उद्धारका लागि गएकी अप्सराको पनि मृत्यु भएको हो । अप्सरा गर्भवती थिइन् ।
करिब ५० मिटर आग्लो भिरबाट लडेकी उनलाई मलेखुस्थित टिचिङ हस्पिटल लगिएको थियो । अस्पताल पुर्याउन बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । राजनको घटनास्थलमै मृत्यु भएको थियो । आमाको भने राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
16 Views